images
images

एनआईसी एशिया बैङ्कले ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन गर्ने

एनआईसी एशिया बैङ्कले ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन गर्ने

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • एनआईसी एशिया बैङ्कले ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन गर्ने

    काठमाडौँ / एनआईसी एशिया बैङ्कले ‘बिराट गोल्ड कप फुटबल’लाई मुख्य प्रायोजन गर्ने भएको छ । उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै आइरहेको एनआइसीले कोशी प्रदेशमा आयोजना हुने  ‘बिराट गोल्ड कप फुटबल’लाई प्रयोजन गर्नका लागि बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको हो।

    images
    images

    सो सम्झौतापत्रमा बैङ्कका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरे । 

    चैत १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा सङ्कटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् । 

    कोशी प्रदेशमा रहेका नव खेलाडीहरूलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको यस प्रतियोगिताका बिजेताले नगद ११ लाख रुपैयाँ, उपविजेताले ५ लाख ५० हजार रुपैयाँलगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

    साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही २१ हजार र उत्कृष्ट खेलाडीलाई २१ हजार प्रदान गरिनेछ ।नेपाली जनमानसको मन-मनमा विशेष स्थान ओगटेको फुटबल खेललाई थप उचाइमा पुर्याउन बैङ्कले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैङ्कले विश्वास लिएको छ । 

    सो बैङ्कले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको अवस्थामा खेल जीवनमा समेत सो कुरा चरितार्थ हुँदै आएको छ । 

    बैङ्कले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्वधन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालाहित युवा खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

    ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैङ्कको नारालाई चरितार्थ गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैङ्कको विश्वास रहेको छ ।

    एनआईसी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैङ्किङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार