images
images

नमस्ते पेद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

नमस्ते पेद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • नमस्ते पेद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

    काठमाडौँ / नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । 

    images
    images

    कम्पनीले १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरयो गरेको हो ।

    जस अन्तर्गत नमस्ते पे द्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पे का प्रयोगकर्ताहरू र फलोवर्सले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको हो । 

    वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका बारेमा जानकारी र नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारे भिडियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको जनाइएको छ ।

    त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियो जहाँ युवाहरूले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरू बारे सिक्ने मौका पाए ।

    नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार