images
Logo
images
images
images

गृहमन्त्री रवि लामिछानेले मेयर हर्क साम्पाङसँग भने - ‘सुधारबार’ अभियानमा कुनै हप्ता सहभागी हुनेछु

गृहमन्त्री रवि लामिछानेले मेयर हर्क साम्पाङसँग भने - ‘सुधारबार’ अभियानमा कुनै हप्ता सहभागी हुनेछु

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • images
    images
    गृहमन्त्री रवि लामिछानेले मेयर हर्क साम्पाङसँग भने  - ‘सुधारबार’ अभियानमा कुनै हप्ता सहभागी हुनेछु

    काठमाडौँ / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँग ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन् । 

    images
    images

    आइतबार भएको भेटवार्ताका क्रममा उनले मेयर साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको  ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुनेसमेत प्रतिवद्धता जनाएका हुन् ।  

    छलफलका क्रममा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए । 

    कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको मेयर साम्पाङ्को गुनासो गरे । साथै, प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्री लामिछानेलाई उनले सुझावसमेत दिए । 

    साथै, गृहमन्त्री र मेयर साम्पाङबिच लागू औषध दूर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो । 

    नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन काननु नरहेको बताउँदै मेयर साम्पाङ्ले गृहमन्त्रीलाई ध्यानाकर्षण गराए । 

    लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोप्रति आफू गम्भीर भएको बताउँदै गृहमन्त्री लामिछानेले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका थिए।

    सो अवसरमा प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने सङगन बनाउने गृहमन्त्रीको प्रतिवद्धतासमेत जनाएका छन्। 

    लागू औषध नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्नेसमेत उनले बताए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार