images
images

ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठडियो, बन्दैछ बाहुनीडाँडा व्यापारिक केन्द्र

ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठडियो, बन्दैछ बाहुनीडाँडा व्यापारिक केन्द्र

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठडियो, बन्दैछ बाहुनीडाँडा व्यापारिक केन्द्र

    निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । 

    images
    images

    पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो । निर्माण कम्पनी नेपाल फूलबारी-स्वर्णीम-अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । 

    स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो । टावर ढलेयता पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गरेका छन् । 

    प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको रु तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु भएको थियो ।

    झोलुङ्गे तथा पक्की पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका एक सय १० परिवार डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार