images
images

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता, ग्राहकले स्काई वाकको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता, ग्राहकले स्काई वाकको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • images
    images
    सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता, ग्राहकले स्काई वाकको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलादी, काठमाडौं स्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काई वाक) बीच सम्झौता भएको छ । 

    images
    images

    उकत सम्झौता अनुसार बैंकका ग्राहकहरूले कमलादी स्थित स्काई वाकमा विशेष छुट पाउने भएका छन् । 

    उक्त सम्झौता पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । 

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षथप ५ शाखाहरु विस्तार गरेरआगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार