images
Logo
images
images
images

निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, झण्डै एक खर्ब भुक्तानी बाँकी

निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, झण्डै एक खर्ब भुक्तानी बाँकी

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • images
    images
    निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, झण्डै एक खर्ब भुक्तानी बाँकी

    काठमाडौँ / निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

    images
    images

    ज्ञापनपत्रमा  आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरूपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ । 

    नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैङ्किङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ ।

    अध्यक्ष लोहनीले आफूहरूका मागप्रति सत्ता गठबन्धनका नेताहरू सकारात्मक रहेको प्रतिक्रिया दिए । 

    प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु.एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार