images
images

१३ अर्ब बढी लगानीको अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको प्रगति कति ?

१३ अर्ब बढी लगानीको अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको प्रगति कति ?

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • १३ अर्ब बढी लगानीको अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको प्रगति कति ?

    म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको हो । 

    images
    images

    २ वटै आयोजनाको भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको, विद्युतगृहमा उपकरण जडान र प्रशारण लाइन निर्माणलाई तिब्रता दिएको तुँदी पावरले जनाएको छ । 

    दुई वटै आयोजना वि.स. २०७७ देखि निर्माण शुरु भएको थियो । राहुघाट मंगलेको सुरुङ निर्माण गर्न १५ मिटर मात्र बाँकी छ । बन्दीमा बाँध निर्माणको काम ९७ प्रतिशत सकिएको छ । आउटलेटदेखि चिमखोलाको बगरमा निर्माणाधिन विद्युतगृहमा ९०० मिटर लामो र ३५० मिटर उचाईमा पेनस्टक पाइपलाइन जडान गर्ने काम जारी छ । 

    ६५० मिटर पेनस्टक पाइप जडान भएको छ । ९५ प्रतिशत भौतिक प्रगति भएको विद्युगतृहमा उपकरण जडान भइरहेको छ । मंगले राहुघाटको विद्युतगृह नजिकै अपर राहुघाटको बाँध निर्माणको काम ५० प्रतिशत सकिएको छ । ६ महिनाअघि ब्रेक थु्र भएको अपर राहुघाटको सुरुङलाई फिनिसिङ भैरहेको छ । 

    आउटलेट देखि विद्युतगृहसम्म पेनस्टक पाइपलाइन र विद्युतगृहमा उपकरण जडानलाई तिब्रता दिएको छ । दुई वटै आयोजना निर्माणमा रु. १३ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको छ । 

    उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन थालिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार