images
images

नहर भत्केपछि अन्धकारमा जुम्लाको डिल्लीचौर, मर्मत गर्न ६ लाख बजेट आवश्यक

नहर भत्केपछि अन्धकारमा जुम्लाको डिल्लीचौर, मर्मत गर्न ६ लाख बजेट आवश्यक

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • नहर भत्केपछि अन्धकारमा जुम्लाको डिल्लीचौर, मर्मत गर्न ६ लाख बजेट आवश्यक

    जुम्ला / जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि  बिजुली आपूर्ति बन्द भएको हो । 

    images
    images

    पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, “गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो ।”  

    समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले जानकारी दिए। भत्केको नहर मर्मत गर्न रु छ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए। 

    विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन्भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।

    डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट रु तीन लाख बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार