images
Logo
images
images
images

पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार र व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार : पराराष्ट्र मन्त्री श्रेष्ठ

पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार र व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार : पराराष्ट्र मन्त्री श्रेष्ठ

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • images
    images
    पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार र व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार : पराराष्ट्र मन्त्री श्रेष्ठ

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताए । 

    images
    images

    आर्थिक उन्नतिका लागि लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भिर रहेको उनको भनाइ छ । पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

    यसैगरी चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । उनले आगामी बजेट बस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताए । 

    अध्यक्ष मल्लले भने, “बजेट सधैँ महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्तपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ, ।” 

    आर्थिक गतिविधी विस्तार गरी राजश्व लक्ष्य बृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले करको दर नभई दायरा बिस्तार गरेर नागरिकता संगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राखे । 
    अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लले बताए । 

    आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाइ छ । पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताए । 

    मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सुचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार