images
images

सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढ्यो, फेरि नयाँ कीर्तिमान कायम

सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढ्यो, फेरि नयाँ कीर्तिमान कायम

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढ्यो, फेरि नयाँ कीर्तिमान कायम

    काठमाडौँ / मङ्गलबार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज प्रतितोला १७ सय रुपैयाँले बढेर सुनको भाउ हालसम्मकै उच्च कायम भएको हो । 

    images
    images

    सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । आज भने यो सुनलाई एक प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ पर्नेछ । यसअघि गत चैत ३० गते शुक्रबार सुनको भाउ सबैभन्दा बढी १ लाख ३९ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ तोकिएकोमा १ लाख ३८ हजार ५५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको मूल्यसमेत प्रतितोला ३५ रुपैयाँले बृद्धि भएको छ । यसअघि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ७ सय ५० रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार