images
images

महोत्तरीका आगलागी पिडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत वितरण

महोत्तरीका आगलागी पिडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत वितरण

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • images
    images
    महोत्तरीका आगलागी पिडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत वितरण

    महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।

    images
    images

    शनिबार संघकी अध्यक्ष अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो ।

    सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानविय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम संचालन गरिएको थियो ।

    १ सय ३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, वयक्तिगत सरसफाई किट ९पुरुषरमहिला० तथा सामुहिक रुपमा प्रयोग गर्नेगरी १०र१० थान शौचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना समेत खुवाईएको थियो ।

    कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं। २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार