images
images

तराईमा आगामी ५ दिनसम्म तातो हावा चल्ने, यसबाट पर्ने असर बच्ने उपाय केके हुन् ?

तराईमा आगामी ५ दिनसम्म तातो हावा चल्ने, यसबाट पर्ने असर बच्ने उपाय केके हुन् ?

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    तराईमा आगामी ५ दिनसम्म तातो हावा चल्ने, यसबाट पर्ने असर बच्ने उपाय केके हुन् ?

    विगत केही दिनदेखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

    images
    images

    आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    तसर्थ, ती भूभागहरूमा आगामी ५ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

    साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले विभागले जनाएको छ ।

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू 

    थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने 

    तातो हावा तथा तातो लहरबाट बच्ने उपायहरू

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्स्पोज नहुने, 

    हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहनुपर्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार