images
images

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? (सुचीसहित)

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? (सुचीसहित)

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? (सुचीसहित)

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो ।

    images
    images

    कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रति हजारका दरले बोनस पाउने भएका छन् । 

    यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन् ।

    त्यस्तै, बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको नौलो जीवन सम्वृद्धि बीमा योजनाको सबै बीमा अवधिमा ५१ रुपैयाँ बोनस पाउनेछन् । 

    यता, अन्य बीमालेखको जीवन सारथी योजनामा बीमितलाई कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

    कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

    undefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार