काठमाडौँ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयमा मिडिया सञ्चालक सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको हो ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।
सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।