images
images

यस वर्ष तनहुँमा सोह्र योजना कार्यान्वयनमा किन आएन ?

यस वर्ष तनहुँमा सोह्र योजना कार्यान्वयनमा किन आएन ?

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    यस वर्ष तनहुँमा सोह्र योजना कार्यान्वयनमा किन आएन ?

    तनहुँ / चालु आर्थिक वर्ष तनहुँमा सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो । 

    images
    images

    सडक योजना अन्तर्गत आठ र झोलुङ्गे पुल आठ वटाको निर्माण  रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

    गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा दुई सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

    साउनदेखि चैत महिनाको हालसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुई वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ । ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास–५, म्याग्दे–१,२,३ हुँदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ । 

    उनका अनुसार व्यास–१० स्थित गोवद्र्धन मार्ग, व्यास–११ को बाराही रानी मार्ग, व्यास–१ को पुरानो छाब्दी मार्ग, व्यास–११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ । 

    त्यसैगरी, घिरिङ–५ को कामधेनु मोटर मार्ग, म्याग्दे–४ को छाङ–थर्पु मोटरमार्ग, बन्दीपुर–६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके–कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ । 

    कूल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना रु ३० लाख मुनिका रहेकाले रकमान्तर भई अन्य जिल्लामा सरी गएपछि हाल दुई सय ९५ योजना निर्माण चरणमा रहेको उनले बताए । 

    सडक निर्माणका लागि वार्षिक बजेट रु बाह्र अर्ब पैँतिस करोड ९७ लाख ३० हजार रहेको छ । योजनाको हाल ३१.५३ प्रतिशत वित्तीय प्रगति भएको सो कार्यालयले जनाएको  छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार