images
images

तेस्रो त्रैमाससम्ममा आईएमई लाइफ इन्स्योरेन्सले कमायो ३३ करोड १५ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो ?

तेस्रो त्रैमाससम्ममा आईएमई लाइफ इन्स्योरेन्सले कमायो ३३ करोड १५ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो ?

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा आईएमई लाइफ इन्स्योरेन्सले कमायो ३३ करोड १५ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो ?

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।

    चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन १०।२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको थियो ।

    यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो । 

    कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ । 

    यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार