images
Logo
images
images
images

एलआईसीले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

एलआईसीले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    एलआईसीले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

    काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समितिको सोमबार बसेको १३२ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    तथापि, कम्पनीले आर्थिक वर्ष २०७९/७९ मा १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष ८ करोड ७४ लाख रुपैयाँ नोक्सान बेहोरेको कम्पनीका लागि यो वर्ष आकर्षक नाफा भएको छ । तर पनि खराब आर्थिक स्थितिलाई देखाउँदै कम्पनीले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    आर्थिक वर्षमा कम्पनीले खुद बीमा लेख मार्फत १७ खर्ब ३९ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने सोही अवधिमा यता ४० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

    २०८० असार मसान्तसम्म कुल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेकोमा कम्पनीको जीवन बीमा कोष १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार