images
images

नवदुर्गाको स्थापना दिवसमा विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सव  सम्पन्न

नवदुर्गाको स्थापना दिवसमा विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सव  सम्पन्न

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    नवदुर्गाको स्थापना दिवसमा विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सव  सम्पन्न

    भरतपुर / नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औँ स्थापना दिवसमा विविध कार्यक्रम गरेर मनाएको छ । 

    images
    images

    कम्पनीले स्थापना दिवसको अवसर पारेर भरतपुर–५ शान्ति चोकस्थित कार्यालय परिसरमा सोमबार भब्य कार्यक्रम आयोजना गरी ७१ वर्षदेखि माथि उमेरसमूहका ज्येष्ठ सदस्यलाई ‘नवदुर्गा सहारा लठ्ठी’ दिई रुद्राक्षको माला लगाएर सम्मान गरेको हो । 

    संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा र कार्यक्रमका  प्रमुख अतिथि  भरतपुर– ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले ज्येष्ठ सदस्यलाई रुद्राक्षको माला लगाई सहारा लठ्ठी दिएर सम्मान गरेका हुन् । 

    कार्यक्रम मा आउनु भएका प्रमुख अतिथि ,विशिष्ट अतिथि,अतिथि,सम्पुर्ण शेयर सदस्य र कर्मचारी, व्यवस्थापक,  संचालक, सल्लाहकार, लेखा समिति ऋण समिति, उपसमितहरु टोल ईकाई समिति, टोल विकास संस्था टोल महिला समुह स्थानिय बिध्यालय, स्थानीय सम्पुर्ण संघ संस्था र संस्थालाई साथ सहयोग तथा हौसला प्रदान गर्नुहुने समस्त सरोकारवाला अनि शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै सस्थाकी उपाध्यक्ष सम्झना शर्मा ले कार्यक्रमा स्वागत मन्तब्य राखेकी थिइन । 

    कार्यक्रममा लोक सांस्कृतिक नाच,स्थानीय स्कुलका विद्यार्थी ,स्थानीय संघ सस्था र आमा समूहले सांस्कृतिक प्रस्तुति दिएका थिए  । 

    साँझमा ज्येष्ठ सदस्यको हातबाट  १०८ दीप प्रज्ज्वालन गरी कार्यक्रम समापन  गरिएको थियो । कार्यक्रमलाई संस्थाका सचिव रामकृष्ण पौडेलले कुशल तवरले सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार