images
images

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको भेट, के–के भयो कुराकानी ?

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको भेट, के–के भयो कुराकानी ?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको भेट, के–के भयो कुराकानी ?

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्यूरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेका छन् । 

    images
    images

    सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।रुपक सापकोटाले जानकारी दिए । 

    सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री दाहालले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दैआएको भन्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे । 

    राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार