काठमाडौँ / अदालतको अवहेलना मुद्दामा सीधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ।
अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमिल्सिनालाई बयानका लागि २३ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश गरेको छ।
हेर्नुहाेस् आदेश :