images
images

“नाउपाले करोडौं रुपैयाँ उठायो, हिसाव माग्दा रेशम र रञ्जिता नाटक गर्न थाले”

“नाउपाले करोडौं रुपैयाँ उठायो, हिसाव माग्दा रेशम र रञ्जिता नाटक गर्न थाले”

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    “नाउपाले करोडौं रुपैयाँ उठायो, हिसाव माग्दा रेशम र रञ्जिता नाटक गर्न थाले”

    काठमाडौँ / नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो पार्टीसँग एकता भंग गरी नेसपा पुनः आफ्नो गतिविधि अगाडि बताएका हुन् ।

    images
    images

    नेसपाले बिहीबार काठमाडौँस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले नागरिक उन्मुक्ति पार्टीसँग जुन उद्देश्य, मुद्दा र सहमतिका एकीकरण भएको थियो त्यसअनुसार चल्न नसकेको उनको आरोप थियो । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच गत साउन २० गने एकीकरण घोषणा भएको थियो ।

    नाउपाको गत पुसमा टीकापुरमा भएको राष्ट्रिय महाधिवेशनमा आफ्ना नेता कार्यकर्तासँग करोडौं रुपैयाँ असुलेको आरोप लगाउँदै अध्यक्ष महतोले भने, “महाधिवेशनमा नाउपाले करोडौं रुपैयाँ उठाएको छ । हिसाब दिने बेलामा श्रीमान–श्रीमतिले विभिन्न बहाना बनाएर पार्टीलाई ने समाप्त पार्ने अवस्थामा हामीले यही बैशाख ३ गते त्यो एकतालाई भंग गरेर नेपाल सद्भावना पार्टी अलग भइसकेको छ ।”

    नेपाल सद्भावना पार्टी अब आफ्नै गतिविधि सञ्चालन गर्ने अध्यक्ष महतोले जानकारी दिएका छन् । साथै उनले नेसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णयहरुसमेत सार्वजनिक गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार