images
images

भृकुटिमण्डपमा बैशाख २६ देखि मह मेला, केके छन् मेलाका आकर्षणहरू ?

भृकुटिमण्डपमा बैशाख २६ देखि मह मेला, केके छन् मेलाका आकर्षणहरू ?

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • images
    images
    भृकुटिमण्डपमा बैशाख २६ देखि मह मेला, केके छन् मेलाका आकर्षणहरू ?

    काठमाडौँ / काठमाडौँको भृकुटिमण्डपमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ सञ्चालन हुने भएको छ । नेपाल मौरीपालक महासंघ भरतपुर, चितवन र नेपाल मौरीपालन केन्द्रीय सहकारी संस्था र व्यवसायी किट विकास केन्द्रको संयुक्त आयोजनामा बैशाख २६ गतेदेखि ३० गतेसम्म मह मेला हुने भएको हो । 

    images
    images

    पाँच दिनसम्म सञ्चालन हुने मह मेला स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले जानकारी दिए । 

    महोत्सवमा उत्पादक विक्रेता र उपभोक्ताहरुलाई एकै ठाउँमा भेट्न सकिन्छ । यसले गर्दा उत्पादकहरुले विक्रेता र उभोक्तासँग एकैपटक कुरा गर्न सक्नेछन् ।  भने उपभोक्ताहरुले उत्पादक किसानलाई सहजै भेट्न सक्नेछन् । गुणस्तरिय नेपाली महको बारेमा जानकारी लिन सक्नेछन् ।

    महको किसिमहरु बारे पनि थाहा पाउनेछन् । । यस्तै विक्रेताहरुले उपभोक्ताहरुको चाहना र उत्पादक किसानको महका विशेषता पनि थाहा पाउन सक्नेछन् । 

    उक्त मेलाको सहआयोजक मौरी विकास कार्यालय गोदावरी र मौरी विकास कार्यालय भण्डारा रहेका छन् । उनका अनुसार अहिले मेलिफेराको वार्षिक उत्पादन ३ हजार मेट्रिक टन र सेरानाको १ हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन भइरहेको छ । 

    यद्यपि, नेपाली किसानले उत्पादन गरेको मह ३ बर्षदेखि घर घरमै मौज्दात अवस्थामा रहेको उनले बताए । महले बजार नपाउँदा किसानहरू पेसाबाटै विस्थापित हुन बाध्य भएको उनको भनाइ छ । 

    मेलाका आकर्षणहरू

    मह काड्ने तरिका प्रदर्शन ।

    मह सम्बन्धि सूचनामूलक जानकारी ।

    मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शन । 

    मौरीसँग सम्बन्धित सरोकारवालाहरूबिच अन्तर्क्रिया तथा गोष्ठी । 

    सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति । 

    महका पारखी उपभोक्ताहरूलाई विभिन्न श्रोतका महहरूको परिचय परिकार महोत्सव । 

    भीर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण । 

    मौरी र मह सम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी प्रस्तुती । 

    यसअघि महासंघले चितवनमा दुई पटक मह मेलाको आयोजना गरेको थियो भने मह व्यवसायी संघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको आयोजनामा काठमाडौँमा एक पटक मह मेलाको आयोजना गरिएको थियो । 

    नेपाली किसानले उत्पादन गरेको मह किसानको घर घरमा रहनु बजारमा खपत हुने एक हजार मेट्रिक टन मह बाहिरबाट आपूर्ति हुँदा नेपाली अर्थतन्त्रमा समेत ह्रास आउने उत्पादकहरूले बताउँदै आएका छन् । पाँच दिनसम्म चल्ने उक्त मह मेलाले स्वदेशी महको खपत बढाउने विश्वास गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार