काठमाडौँ / सन् २०२५ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा प्रकाशित भएको छ ।
अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डिभीको रिजल्ट आएको नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको हो ।
शनिबार राति ९ बजेबाट dvprogram.state.gov/ESC मा गई आफ्नो कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिनेछ ।