images
images

अप्रिलमा अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो, थपिए १ लाख ७५ हजार जागिर

अप्रिलमा अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो, थपिए १ लाख ७५ हजार जागिर

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    अप्रिलमा अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो, थपिए १ लाख ७५ हजार जागिर

    अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो ।

    images
    images

    विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ । कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । 

    जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ । फेब्रअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ । जुन दुई वर्षको उच्चतम स्तर हो ।

    मार्चमा ३.८ प्रतिशत थियो । ब्यूरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार