images
images

ज्ञानुकाको गुनासो– ‘डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा, रोजीरोटी खोसियो’

ज्ञानुकाको गुनासो– ‘डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा, रोजीरोटी खोसियो’

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    ज्ञानुकाको गुनासो– ‘डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा, रोजीरोटी खोसियो’

    मन्थली (रामेछाप) / दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ ।  

    images
    images

    रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन शुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ ।

    रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम शुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।

    विशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रूपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पूजा, विवाह व्रतबन्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी वस्तुका रूपमा मानिन्छ । 

    आफूले व्यवसाय शुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उनको सोच थियो । 

    जिल्लामा विकरालरूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ । 

    जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिकासँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौंडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरीदका लागि रु दुई लाख दिएको हो ।

    वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की व्यवसायी सिर्जना कार्की बताउँछिन् । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । 

    तर, सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी थिइन् । तर, वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।

    ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गरेकी थिइन् । त्यसबाट उत्पादन गरेको टपरी रु १० प्रतिगोटा र बोता तथा दुना रु पाँच प्रतिगोटाले विक्री गर्दै आएकी थिइन् । 

    उनले भनिन्, ‘अहिले डढेलोले जङ्गल सखाप पा¥यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी वानउनेको रोजीरोटी समेत खोसियो ।’

    रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताइन् । 

    उनले जङ्गलमा आगो लगाउनेको पहिचान गर्न डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट बचाउनसमेत अनुरोध गरिन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार