images
images

‘घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी’

‘घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी’

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    ‘घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी’

    काठमाडौँ / भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन् । 

    images
    images

    नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

    उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक हुनुपर्नेमा जोड दिए । 

    मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरुले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे । 

    उनले घरजग्गा कारोबारलाई पारदर्शीता बनाउनु प्रमुख चुनौतिका रुपमा देखापरेको बताए । मन्त्री अधिकारीले कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजश्व गुमाउनुपरेको बताए । 

    उनले त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजिकरण गरेको दाबी गरे । 

    उनले घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धी ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गर । 

    कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिए । 

    नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित,पारदर्शी र व्यवसायिक बनाउनको लागि ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए । 

    उनले टुक्रे योजनाहरुले नेपालमा व्यवस्थित शहरीकरण बन्न नसक्ने दाबी गरे । उनले व्यवस्थित शहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्याण्डपुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गरे । 

    उनले व्यवसायीहरुले पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा ४ सय आयोजनाहरु सम्पन्न गरेको भएपनि मर्यादित बनाउन नसकिएको बताए । 

    अध्यक्ष लोहनीले व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनको लागि ल्याण्ड पुलिङ खोल्नुपर्ने बताए । 

    उनले पछिल्लो समय घरजग्गा कारोबारमा आएको समस्याको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या घरजग्गा कारोबार नहुनु पनि भएको दाबी गरे । 

    उनले घरजग्गा कारोबार देखिएका समस्याको कारण व्यवसायी मात्रै होइन नेपालमा बैंकहरु पनि ढल्न सक्ने अवस्था रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार