images
images

मुग्लिन पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ, सडक स्तरोन्नतिमा अवरोध

मुग्लिन पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ, सडक स्तरोन्नतिमा अवरोध

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    मुग्लिन पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ, सडक स्तरोन्नतिमा अवरोध

    दमौली (तनहुँ) / मुग्लिन पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा घर टहरा भत्काउन ढिलाइ भएको छ । 

    images
    images

    शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो । 

    संरचना हटाउने प्रयोजनका लागि रीतपूर्वक पेस भएका निवेदकलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर घर भत्काउन ढिलाइ गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । 

    उनले भने, “सरोकारवालासँग पटक(पटक समन्वय, सहकार्य, सहजीकरण र परामर्श गरिए पनि कतिपयले क्षतिपूर्ति रकम बुझ्ने तर संरचना नभत्काउने गरेकाले सडक स्तरोन्नतिमा अवरोध भएको छ ।”

    सडक विस्तारको अवरोधले नगर क्षेत्रमा धुँलो, धुँवा र अस्तव्यस्तता भएको उहाँले बताए । दुलेगौँडा, खैरेनीटार र गाछेपानी लगायतका स्थानमा राजमार्गको सडक क्षेत्राधिकारभित्र पर्ने २५ मिटर दायाँबायाँभित्रका संरचना स्वतःस्फूर्त रुपमा हटाइ समन्वय र सहजीकरण गर्न पण्डितले आग्रह गरे । 

    उनले भने, “संरचना हटाउन जति ढिलाइ भयो आयोजनाको कामले त्यति गति लिनसक्दैन । संरचना नहटाइ बाधा व्यवधान उत्पन्न गरेमा प्रचलित कानुन बमोजिम सडकको मापदण्डभित्रका संरचना हटाइने छ ।” 

    सडक स्तरोन्नतिका क्रममा स्थानीयवासीलाई पर्ने पिरमर्काको विषयमा आवश्यक पैरवीका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको पण्डितले बताए । 

    पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । 

    जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । 

    पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण अगाडि बढाइएको छ । 

    पश्चिम खण्डको काम केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ । 

    पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

    उक्त खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले लिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार