images
images

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो, भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो, भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो, भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी

    उलानबटोर / मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । 

    images
    images

    आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३.८ प्रतिशतले बढी हो । 

    राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जङ्गली डढेलोबाट जलेको छ । 

    मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ । 
       
    देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जङ्गल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ ।
       
    मङ्गोलियामा कठोर जलवायु विविधता रहेको छ र यहाँ सामान्यतया वसन्त ऋतुको समयमा सुख्खा र हावाहुरी चल्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार