images
images

महिलाको औसत आयु करिब ९ बर्षले बढ्यो, कुनको प्रदेशका नागरिक कति बाच्छन् ?

महिलाको औसत आयु करिब ९ बर्षले बढ्यो, कुनको प्रदेशका नागरिक कति बाच्छन् ?

तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपाली महिलाको औसत आयु ७६ बर्ष ८ महिना पुगेको हो ।

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    महिलाको औसत आयु करिब ९ बर्षले बढ्यो, कुनको प्रदेशका नागरिक कति बाच्छन् ?

    काठमाडौँ / राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो १० बर्षको अवधिमा महिलाको औसत आयु करिब ९ बर्षले बढेको पाइएको छ । 

    images
    images

    तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपाली महिलाको औसत आयु ७६ बर्ष ८ महिना पुगेको हो । २०६८ मा महिलाको औसत आयु ६८ बर्ष पुगेको थियो । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महिलाको औसत आयुमा भने उल्लेख्य सुधार भएको देखिएको छ ।

    यता, नेपालीको औसत आयु ७१ वर्ष ३ महिना पुगेको छ । २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना पुगेको थियो । यो २०७८ मा ४ बर्ष ७ महिनाले बढेर ७१ बर्ष ३ महिना पुगेको हो । यस्तै, पुरुषको औसत आयु पनि १० बर्षमा २ बर्ष ८ महिनाले बढेर ६८ बर्ष २ महिना पुगेको छ । 

    1.JPG

    प्रदेशगत अवस्था कस्तो ? 

    प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा मानिस सबैभन्दा धेरै वर्ष बाँच्ने गरेको देखिएको छ  भने लुम्बिनी प्रदेशका महिनसहरू सबैभन्दा कम बाँच्ने गरेको देखिएको छ । 

    कर्णालीको औसत आयु ७२.५ वर्ष देखिएको छ भने लुम्बिनी प्रदेशको सबैभन्दा कम ६९.५ वर्ष देखिएको छ । यस्तै, बाग्मती प्रदेशमा औसत आयु ७२.४ वर्ष, गण्डकीमा ७२.१ वर्ष, मधेशमा ७१.८ वर्ष, कोशीमा ७०.४ वर्ष र सुदूरपश्चिमा ७१.३ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ । 

    ‘महिलाको औसत आयु सबैभन्दा धेरै कर्णालीमा ७५.५ वर्ष भने सबैभन्दा कम लुम्बिनीमा ७२.५ वर्ष छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गण्डकीमा महिलाको औसत आयु ७५.४ र मधेशमा ७३.२, कोशीमा ७२.८, सुदूरपश्चिममा ७५.२ र गण्डकीमा ७५.४ वर्ष छ ।” 

    यस्तै, पुरुष्को औसत आयु प्रदेशगत रुपमा हेर्दा मधेशमा पुरुषको औसत आयु सबैभन्दा बढी ६९.९ वर्ष र लुम्बिनीमा सबैभन्दा कम ६६.१ वर्ष देखिएको छ । त्यसैगरी, सूदूरपश्चिममा ६६.९, कोशीमा ६७.५, गण्डकीमा ६८.१, कर्णालीमा ६९।२ र वाग्मतीमा ६९.६ वर्ष पुरुषको औसत आयु छ ।

    ५० वर्षमा २१ वर्ष बढ्यो नेपालीको आयु

    कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु २१ वर्ष भन्दा बढीले बढेको छ । २०३८ सालको जनगणनामा नेपालीको औसत आयु ४९.८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४.३ वर्ष पुग्यो । 

    यस्तै, २०५८ सालमा ६०.४ वर्ष पुगेको थियो भने २०६८ सालमा ६६.६ वर्ष पुगेको औसत आयु पछिल्लो जनगणनाले ७१.३ वर्ष पुगेको देखाएको छ । आँकडा अनुसार पछिल्लो ५० बर्षमा २१ बर्ष र पछिल्लो १० वर्षमा मात्र ४.७ वर्षले औसत आयु बढेको देखिएको छ ।

    शिशु मृत्युदरको अवस्था कस्तो ? 

    प्रतिहजार जीवित जन्ममा एक वर्ष उमेर नपुग्दै मुत्यु हुने शिशु संख्या १७ छ । ०६८ मा यस्तो संख्या ४० र ०५८ मा ६४ थियो । ०३८ सालमा प्रतिहजार जीवित जन्मेका शिशुमध्ये औसत १ सय १७ जनाको मृत्यु हुने गरेको थियो । शिशुको मृत्युदरमध्ये छोरीको तुलनामा छोराको बढी देखिन्छ । छोराको प्रतिहजार मृत्युदर १९ रहँदा छोरीको १५ रहेको देखिएको छ । ०६८ मा छोराको मृत्यूदर प्रतिहजारमा १२ र छोरीको ११ थियो ।

    जनसंख्या वृद्धिदर पनि घट्दै

    नेपालको जनसंख्या वृद्धिदर  पनि निरन्तर घट्दै गएको प्रतिवेदनले देखाएको छ । नेपालको जनसंख्या वृद्धिदर  ०.९२ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनसंख्या वृद्धिदर  १.२४ छ भने मधेशको १.१९ प्रतिशत छ । बाँकी प्रदेशमध्ये कोशीको ०.८६, वाग्मतीको ०.९७, गण्डकीको ०.२५, कर्णालीको ०.७० र सुदूरपश्चिमको ०.५२ प्रतिशत छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार