images
images

यामाहा नेपालको बाइक र स्कुटर खरिदमा आकर्षक अफर र छुट सुविधा

यामाहा नेपालको बाइक र स्कुटर खरिदमा आकर्षक अफर र छुट सुविधा

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    यामाहा नेपालको बाइक र स्कुटर खरिदमा आकर्षक अफर र छुट सुविधा

    काठमाडौँ / यामाहाको मोटरसाइकल र स्कुटर खरिदमा विशेष अफर तथा छुट सुविधा पाइने भएको छ । यामाहाको बाइक र स्कटुरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ बर्ष २०८१ को अवसरमा ल्याएको अफरअन्तर्गत अनुसार उक्त सुविधा पाइने भएको हो । 

    images
    images

    कम्पनीले वैशाख १ गतेदेखि नयाँ वर्षलाई अझै रमाइलो बनाउनका लागि अतुलनीय फाइदाहरू प्राप्त गर्न मोटरसाइकल र स्कुटर खरिदमा यस्तो सुविधा ल्याएको जनाएको छ ।

    समृद्धिको साथ नयाँ वर्षको शुभारम्भ गर्न यामाहा नेपालले आफ्ना ग्राहकहरूलाई ग्यारेन्टीसहित रु. १ लाखसम्मको नगद छुटको मजा लिने अवसर प्रदान गरेको छ । यो छुटले नेपालभरका ग्राहकहरूका लागि यामाहा बाइक र स्कुटरलाई थप पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

    विशेष नगद छुटको अतिरिक्त, यामाहा नेपालले सुविधाजनक र आकर्षक वित्तीय विकल्पहरू पनि उपलब्ध गराउँदै आएको छ । 

    ग्राहकहरूले अब केवल ३० प्रतिशतको न्यून डाउन पेमेन्टको साथ उत्कृष्ट वित्तीय अफर प्राप्त गर्न सक्छन् । यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको हो ।

    वैशाख १ गतेदेखि सुरु भएको यो विशेष अफरहरूको फाइदा लिन र यामाहासँग अविस्मरणीय यात्रा गर्न आफ्नो नजिकको यामाहा शोरुममा जान सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार