images
images

नेपाल लाइफले सञ्चालन गर्यो दुई दिने निःशुल्क स्वास्थ शिविर, ५ सयभन्दा बढी लाभान्वित

नेपाल लाइफले सञ्चालन गर्यो दुई दिने निःशुल्क स्वास्थ शिविर, ५ सयभन्दा बढी लाभान्वित

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    नेपाल लाइफले सञ्चालन गर्यो दुई दिने निःशुल्क स्वास्थ शिविर, ५ सयभन्दा बढी लाभान्वित

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीमध्येको एक नेपाल लाइफले बैशाख वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेको हो ।

    images
    images

    उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभन्वित भएका छन् । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरू गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समयसमयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेको हुनाले शिविर सञ्चालन गरिएको जानकारी गराए । 

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हाल काठमाडौँमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रूपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

    सो किसिमको कार्यक्रमले कम्पनी र कम्पनीका विभिन्न सरोकारवालाहरूको सम्बन्ध प्रगाढ हुने र स्वास्थ्यप्रति संवेदनशीलता एवं नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताए । 

    इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए । जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण, ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार