images
images

मौसम : कहाँ कहाँ छ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना ? सतर्क रहन मौसमविद्को आग्रह

मौसम : कहाँ कहाँ छ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना ? सतर्क रहन मौसमविद्को आग्रह

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    मौसम : कहाँ कहाँ छ  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना ? सतर्क रहन मौसमविद्को आग्रह

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

    images
    images

    देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशको थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भुभागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

    बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भुभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आँशिक बदली देखि मुख्यतया सफा रहने छ । देशको पहाडी भुभागको एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

    बर्षा, हिमपात र हावाहुरी चल्ने सम्भावना भएको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार