images
images

तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफले कमायो ४३ करोड ५४ लाख नाफा, बीमाकोषको आकार र प्रतिशेयर नेटवर्थ कति ?

तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफले कमायो ४३ करोड ५४ लाख नाफा, बीमाकोषको आकार र प्रतिशेयर नेटवर्थ कति ?

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफले कमायो ४३ करोड ५४ लाख नाफा, बीमाकोषको आकार र प्रतिशेयर नेटवर्थ कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७.९९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    हाल कम्पनीको शेयर पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । यता, चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

    सोही अवधीसम्ममा कम्पनीले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधीको तुलनामा ८.६२ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ५२ अर्ब १२ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १८.५७ प्रतिशतले वृद्धि भएर ६१ अर्ब ८० करोड पुगेको छ ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ८२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड २६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । 

    कम्पनीले यस अवधिमा १२ अर्ब २ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.४१ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले ९९ करोड ८१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार