images
images

सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

    कमलामाई (सिन्धुली) / बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी गर्न सिन्धुलीका स्थानीय तहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।  

    images
    images

    कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले मागपत्रमार्फत प्रधानमन्त्री दाहालसँग चियाबारी–खुर्कोट सुरुङ निर्माण थालनी गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाउन माग गरेका हुन् । 

    सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्न सुनकोशी गाउँपालिका–७ कानढुङ्गी आइपुग्नुभएका उहाँलाई कमलामाई र गोलञ्जोरका पालिका प्रमुखहरुले उक्त मागपत्र बुझाएका छन् । 

    पूर्वी नेपाल तथा काठमाडौँको दूरी र पहुँचको हिसाबले अत्यन्त महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा रहेको बिपी राजमार्गको सिन्धुलीमाढी चियाबारीदेखि गोलञ्जोर गाउँपालिकाको खुर्कोटसम्म (करिब ३९ किलोमिटर) मा सडक खण्ड कठिन अलाइन्मेन्ट, घुमाउरो र साँघुरो भएकाले दिनानुदिन दुःखद घटनाहरु घटिरहेको कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ । 

    यस विषयलाई दृष्टिगत गर्दै बेलाबेला चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्ने कुरा केन्द्रीयस्तरमा उठ्ने गरेको भए पनि कार्यान्वयनका लागि प्रयाससमेत नभएको गुनासो उल्लेख छ । 

    सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनीका लागि बजेटसहित आवश्यक प्रबन्ध चाँडै मिलाउने आश्वासन दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार