images
images

सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

    काठमाडौँ / पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताएका छन्।

    images
    images

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजनामा मंगलबारदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत दोस्रो दिन बुधबार ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उनले यस्तो बताएका हुन्।

    पूर्वअर्थमन्त्री डा. खतिवडाले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको धारणा राखे। ‘बैंकहरू समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछन्। अहिले सहकारीहरू समस्यामा छन्। सहकारीका समस्या समाधान गर्न कुनै पनि निकाय जिम्मेवार भएर लागेका छैनन्,’ उनले भने।

    डा. खतिवडाले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर समस्या सिर्जना हुनाका साथै वर्तमान संकट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखे। उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयमाथि पनि प्रश्न गरे। 

    अहिले सहकारीमा विशेष प्रकारका चुनौती रहेको भन्दै खतिवडाले ती चुनौतीको सामना गर्न कानुनको परिपालना आवश्यक रहेको बताए। सहकारी वित्त कम्पनीसरह चलेकाले पनि समस्या सिर्जना भएको उनको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार