images
images

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति

    काठमाडौं /  विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि पूर्वस्विकृति प्रदान गरेको छ । 

    images
    images

    कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक शेयर (आईपीओ)  निष्काशन गर्ने भएको हो ।
     प्राथमिक शेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ ।  शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । 

    कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंकसँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । 

    आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको  बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । 

    यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । 

    आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट ने.वि.प्राको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाडौंको लागि अमm भरपर्दो विद्युत प्रदान गरिनेछ । 

    आयोजनामा फोल्वेल इनर्जे भारतको अत्पाधुनिक मेसिन जडान गरिनेछ  । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार