सप्तरी / सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको शव फेला परेको छ ।
सप्तकोशी नगरपालिका–१ फत्तेपुर शाखाका सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फुँयाल फत्तेपुर–२ का निवासी थिए । राति ड्युटीमा कार्यालयमा रहेका उनको शव आज बिहान फेला परेको हो ।
प्रहरीले हत्याको कारण र संलग्नको पहिचान खुलिनसकेको र हाल अनुसन्धानकै क्रममा रहेको जानकारी दिएको छ ।