images
Logo
images
images
images

तेस्रो त्रैमाससम्म्मा प्रभु इन्स्योरेन्सले कमायो ३९ करोड १४ लाख नाफा, अन्य सूचक कस्तो ?

तेस्रो त्रैमाससम्म्मा प्रभु इन्स्योरेन्सले कमायो ३९ करोड १४ लाख नाफा, अन्य सूचक कस्तो ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्म्मा प्रभु इन्स्योरेन्सले कमायो ३९ करोड १४ लाख नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स लिमिटेडले ३९ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । कम्पनीले समिक्षा अवधिमा अधिकांश सूचकमा राम्रो ग्रोथ गरेको छ ।

    १ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २३७ प्रतिशतले बढेको हो । गत आर्थिक बर्ष कम्पनीले  ११ करोड ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    त्यस्तै, चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा १० करोड ३४ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा २४ करोड २० लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६५ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ५० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    कम्पनीले यस अवधिमा ४६ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बृद्धि भएको छ ।

    समिक्षा अवधिमा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय २४ रुपैयाँ ६७ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार