images
Logo
images
images
images

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको कुल व्यापार ७ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको कुल व्यापार ७ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको कुल व्यापार ७ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको हो । 

    १८ करोड १० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले १३ करोड ८९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

    कम्पनीको खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन रकम एउटै रहेको प्रकाशित वित्तीय विवरणमा रहेको छ ।

    चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ५० करोड ९२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले ७ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । 

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार