images
Logo
images
images
images

खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही

खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही

    चितवन / पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । 

    images
    images

    कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो ।
     
    प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा खेतबारीमा हाल्ने विषादी र सहकारीबाट उत्पादित खाद्यान्न सामग्री, विषादीसँगै पशुपन्छीका लागि आवश्यक औषधि एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको पाइएको केन्द्रका प्रमुख सावित्री बरालले जानकारी दिए ।

    उनका अनुसार अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश एग्रोभेटको नविकरण नभएको, अनुमति प्राप्त व्यक्ति पसलमा नबसी गैरप्राविधिक बस्ने गरेको पाइएको हो । 

    उनले भने, “हामीले अनुगमनका क्रममा दुई एग्रोभेट र एउटा सहकारीमा शिल गरेका छौँ, केहीलाई कानुनी कारबाहीका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”
     
    सङ्घीयता कार्यान्वयनमा आएपछि अनुगमन हुन नसक्दा व्यवसायीमा बेथिती बढेको पाइएको उनले बताए । 

    अनुगमनका क्रममा कतिपय एग्रोभेट सञ्चालकले सञ्चालन अनुमति नै नलिइकन सञ्चालन गरेको पाइएको उनले जानकारी दिए । 

    सञ्चालन अनुमतिपत्र नलिई सञ्चालन गरेको सहमति उपभोक्ता सहकारी संस्था पदमपुलाई आजको अनुगमनका क्रममा शिल गरिएको उनले बताए । 

    सञ्चालकले अनुगमनका क्रममा असहयोग गरेको भन्दै पसलमा सूचना टाँस गरी शिल गरिएको हो । अन्यलाई एग्रोभेटमा बिक्री समय सकिएका विषादी बिक्रीका लागि राखेको पाइएको छ ।
     
    अनुगमनका क्रममा प्रधान एग्रो र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई शिल गरिएको थियो । सो अनुगमनका क्रममा कृषकलाई बिक्री गर्ने समय सकिएका र आवश्यक प्रक्रिया नपु¥याएका एग्रोभेटलाई कानुनी कारबाहीका लागि केन्द्रमा बोलाउने निर्णय भएको उनले जानकारी दिए । 

    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलसहित केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार