images
Logo
images
images
images

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

    काठमाडौँ / नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । 

    images
    images

    निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

    उनका अनुसार समितिलाई निगमको जहाजको इञ्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा मर्मत संभार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । 

    निगमको न्यारो बडी जहाजको इजरायलमा इञ्जिन मर्मत गर्न करिब पाँच महिना लागेको थियो । निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार