images
Logo
images
images
images

उपमेयर डंगोलले उद्घाटन गरिन् काठमाडौँ महानगर–१६ को नवनिर्मित भवन उद्घाटन

उपमेयर डंगोलले उद्घाटन गरिन् काठमाडौँ महानगर–१६ को नवनिर्मित भवन उद्घाटन

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    उपमेयर डंगोलले उद्घाटन गरिन् काठमाडौँ महानगर–१६ को नवनिर्मित भवन उद्घाटन

    काठमाडौँ / काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

    images
    images

    काठमाडौँ महानगरपालिकाको सात करोड ५३ लाख लगानीमा चमतीमा निर्माण भएको उक्त भवन तथा शालिकको आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन तथा अनावरण गरिन् ।

    उपप्रमुख डङ्गोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका रुपमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । “सबै एकजुट भएर समृद्ध वडा निर्माण गर्नसकेमात्र स्व रिजालप्रति उच्च श्रद्धाञ्जली हुनेछ”, उनले भनिन् । उपप्रमुख डङ्गोलले स्पष्ट वक्ता र निर्भिक व्यक्ति रिजालको अभाव वडामात्र नभई काठमाडौँ महानगरपालिकाभित्र खड्किरहेको उल्लेख गरिन् ।

    काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताए । उनले आफू प्रमुख हुँदा नै सबै वडामा सुविधासम्पन्न वडा भवन निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्दै उक्त लक्ष्य क्रमशः पूरा हुँदै गएकोमा खुशी व्यक्त गरे ।

    विस २०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी चार आना जग्गा खरीद गरी विस २०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिए ।

    भूमिगत पार्किङसहित छ तला रहेको उक्त भवन तीन हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त भवनको कार्यादेश रकम रु सात करोड ५३ लाख २२ हजार रहेको छ ।

    कार्यक्रममा स्वर्गीय वडाअध्यक्ष रिजालको पूर्ण कदको शालिक निर्माण गर्ने मूर्तिकार महेश तुलाधरलाई सम्मान गरिएको थियो । स्वर्गीय वडाअध्यक्ष रिजालकी धर्मपत्नी कविता आचार्य रिजालले आफ्ना श्रीमान् रिजालले गर्न बाँकी रहेका अधुरा सपना पूरा गर्नका लागि वर्तमान नेतृत्व लाग्नुपर्ने उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार