images
Logo
images
images
images

नौ महिनामा नागरिक लगानी कोषको नाफा १३.४३ प्रतिशतले बढ्यो, ब्याज आम्दानी र खर्च कति ?

नौ महिनामा नागरिक लगानी कोषको नाफा १३.४३ प्रतिशतले बढ्यो, ब्याज आम्दानी र खर्च कति ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    नौ महिनामा नागरिक लगानी कोषको नाफा १३.४३ प्रतिशतले बढ्यो, ब्याज आम्दानी र खर्च कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा नागरिक लगानी कोषको खुद नाफा १३.४३ प्रतिशतले बढेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कम्पनीले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जसन गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा १३.४३ प्रतिशतदे बढी हो । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ करोड ७९ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो ।

    सार्वजनिक वित्तिय विवरण अनुसार खर्च वृद्धिका वावजुत पनि खुद ब्याज आम्दानी र कमिसन आय बढ्दा कम्पनीको खुद नाफा बढेको देखिएको छ । 

    समीक्षा अवधिमा कोषको ब्याज आम्दानी गत बर्षको तेस्रो त्रैमासमा ३० करोड ५० लाख रहेकोमा अहिले बढेर ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । 

    त्यसैगरी, कमिसन आय ११.४१ प्रतिशत बढेर १ अर्ब ४ करोड १७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । चैतसम्म कोषको कुल लगानी २ खर्ब ३६ अर्ब ८० करोड ५० लाख रुपैयाँ पुगेको छ। 

    गत आवको सोही अवधिमा २ खर्ब १२ अर्ब ६४ करोड ७३ लाख रहेकोमा समीक्षा अवधिमा ११.३६ प्रतिशतले वृद्धि भएको हो । यस्तै खर्च पनि ७.४१ प्रतिशतले बढेर चैतसम्म २३ करोड ५९ लाख ३१ हजार रहेको छ ।

    चुक्ता पुँजी २५ प्रतिशतले बढेर चैतसम्म ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम भएको छ । पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ २६ पैसा घटेर २२ रुपैयाँ १४ पैसामा झरेको छ । 

    कोषको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ४१ पैसा, मूल्य आम्दानी अनुपात ९५।०७ गुणा छ । साथै जगेडा कोषको आकार भने १८.३२ प्रतिशतले घटेर मा २५ अर्ब ५० करोड १९ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । 

    फन्डको तुलनामा लगानीको अनुपात ९५.४८ प्रतिशत रहेको कोषको लगानीमा प्रतिफल भने ९.६७ प्रतिशतबाट घटेर ८.४९ प्रतिशतमा झरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार