images
Logo
images
images
images

तेस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो ४६ करोड ७६ लाख नाफा, अभिकर्ता कमिशन मार्फत खर्चिएको रकम कति ?

तेस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो ४६ करोड ७६ लाख नाफा, अभिकर्ता कमिशन मार्फत खर्चिएको रकम कति ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो ४६ करोड ७६ लाख नाफा, अभिकर्ता कमिशन मार्फत खर्चिएको रकम कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमाससममा कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको हो । 

    ३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा १८१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यता, कम्पनीले यस अवधिमा ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

    चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिजर्भ शिर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले ४ करोड ४५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९२ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार