एक अर्वपति वारेन वफेटले दिएका जीवनमा खुशी हुने ५ सुत्रः समस्यालाई स्वीकार, कर्ममा चुर्लुम्म डुब !...

एक अर्वपति वारेन वफेटले दिएका जीवनमा खुशी हुने ५ सुत्रः समस्यालाई स्वीकार, कर्ममा चुर्लुम्म डुब !...

अर्थ डबली
शनिवार, फागुन २२ २०७७
अर्थ डबली
शनिवार, फागुन २२ २०७७ (अर्काइभ बाट)
  • एक अर्वपति वारेन वफेटले दिएका जीवनमा खुशी हुने ५ सुत्रः समस्यालाई स्वीकार, कर्ममा चुर्लुम्म डुब !...

    वारेन एड्वार्ड बफेट एक अमेरिकी अर्वपति हुन् । उनी शेयर बजारका हस्ती मानिन्छन् । अगस्ट ३०, १९३० मा जन्मिएका उनी एक अमेरिकी अर्वपति मात्र होइनन् लगानीकर्ता तथा लोक परोपकारी व्यक्ति पनि हुन् ।

    images
    images
     

    उनले ९९ प्रतिशत ५  आफ्नो सम्पत्ति दान गरेका छन्, मुख्यतः बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनबाट । जो वर्कसायर हाथवेका अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ।

    २३े २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति अर्व पुगेको थियो । विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुनपुगेका उनी बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रूपमा पनि चिनिन्छन ।

     

    उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरूमा धेरै लगानी गर्ने गर्थे गरेका छन् । यी कम्पनीहरूमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

    हो उर्न विख्यात व्यक्ति बफेटले कमाउने मात्र होइन परिवारलाई कसरी हेर्ने बचत कसरी गर्ने भन्ने विभिन्न स्थानमा आफ्नो सन्देश दिएका छन् । हेर्नुस केही त्यस्ता महत्वपूर्ण टिप्सहरु जसले तपाईको जिवन परिवर्तन गर्न सक्छ ।

    भित्री खुशीलाई ध्यान दिनुहोस्ः
    तपाईले जीवनमा के गर्दा भित्रैबाट खुसी हुन्छ । यो प्रश्न आफूलाई पटक–पटक साध्नुहोस । जसो गर्दा तपाईलाई त्यो अत्यन्त खुशी प्रवाहित भइरहन्छ । त्यसैलाई आधार बनाएर आफ्नो काम रोज्नुहोस् । वारेनले अङ्कलाई गन्नु साह्रै मज्जा लाग्थ्यो भनेका छन् । उनले जीवनभर अङ्कलाई आपनो अङ्ग बनाए । यहि कारण उनी छाती ठोकेर विश्वविद्यायालय दिन कैयौँ व्याख्यानमा भन्ने गर्छन्ः “भित्रबाट आउने खुशीलाई समाउनुहोस् । मैले कहिल्यै पनि कारोबार र व्यक्तिगत जीवन छुट्याउनुपर्ने अवस्था आएन । 

    मेरो व्यक्तिगत जीवनको  खुशी नै कारोबारी जीवन थियो र जुन कारोबार गर्दा मैले खुशी पाउँथे त्यसैलाई मैले व्यक्तिगत जीवनमा अँगाले । म आफ्नो काममा चुर्लुम्म डुब्छु र यो डुब्नुमा जति आनन्द मलाई अर्कोमा आउँदैन ।”
    आफूलाई व्यक्तिगत रुपमा मन परेको काममा आफुलाई चुर्लुम्म डुबाउनुहोस्, तपाईले काम गरिहनुपर्दैन ।

    २. साना कुरामा खुशी खोज्नुहोस् :
    “म जहिले पनि साना कुरामा खुशी खोजीरहेको हुन्छ । त्यैसैले त म तासको  ब्रिज खेलमा १२ घण्टासम्म अडिन सक्छु । तासको खेलमा मज्जा आउँछ  वारेनले भन्ने गरेका छन् । कहिलेकाहिँ बाहिर घुम्न निस्कदा, बालबाललिकाहरुसँग खेल्दा, साथीहरुसँगको भेट वा पारिवारिक सङ्गतले मानिसलाई स–साना खुशी दिने गर्दछ । यस्ता खुशीलाई सम्हालेर राख्नुपर्छ ।

    ३. सादापनमा समाउनुहोस् :
    “म त्यस्ता काम मात्र गर्न चाहान्छु जसको कुनै अर्थ होस्”, वारेनले भन्ने गरेका छन, मलाई आफ्नो निजी शानको कुनै मतलब छैन । अरुले कसरी भव्यतम जीवन बाँचिरहेका छन् भन्ने कुराका पनि मलाई रत्तिभर वास्ता लाग्दैन । 

    धेरै अरवपतिले कुनै महाराजाभन्दा कमको जीवन बाँचेको छैनन् तर मेरो लागि त्यो अर्थपूर्ण लाग्दैन । अरुले ४०० फिट पानीजहाज किन्यो भन्दैमा ४०५ किनुँ भन्ने मलाई लाग्दैन रैछ । 
    हुन पनि वारेनको स्वभाव त्यस्तो छैन । एकपटक पत्रकारले उनलाई लगाउने कपडाको बारमा टिप्पणी गर्दै भनेका थिए, तपाईलाई लुगा लगाउन आउँदैन रै छ । कति सस्तो लुगा लगाउनु हुन्छ ।” उनको जवाफमा थियो, हुन त यो महँगो लुगा नै हो तर, के गर्नु, मेरो शरीरमा पर्ने बित्तिकै यो साह्रै सस्तो देखिन्छ ।”

     यो पनि पढ्न नछुटाउनस्

    कमाएको बचत कसरी गर्ने ? विश्वप प्रसिद्ध लगानीकर्ताका बादशाह वारेन बफेटका १० टिप्स

    waren buffet.JPG

    ४. समस्यालाई सहज रुपमा स्वीकार गर्नुहोस :
    आएका समस्यालाई उनले सहज रुपमा लिएका छन् – एक पटक बर्कसायर हाथवेका सेयर मूल्यमा भारी गिरावट आयो । उनले त्यसको जिम्वारी लिँदै भनेका थिए, मेरो लगानीकर्ताले ठुलो रकम गमाउनुभएको छ । 

    यसबाट मलाई साह्रै दुः ख लागेको छ । यस्तो अवस्थामा  उहाँहरुलाई म धैर्यधारण गर्न आग्रह गर्दछु । पछि गुमेको पैसा फिर्ता आउने कुरा उहाँहरुलाई विश्वस्त पार्न चाहान्छु ।
    उनले पछि भनेका छन, म आफ्नो गल्ती स्वीकार गर्न सधैँ तयार हुन्छु । लामो समयदेखि बुझेका कुरामा पनि समस्या आयो भने म त्यसलाई स्वीकार गर्नुबाहेक के नै गर्न सक्छु र ?

    ५. जीवनमा कसैलाई गुरु थाप्नुस :


    म साह्रै भाग्यमानी मानिस रहेछु, किनभने मैले साह्रै योग्य मार्गदर्शक गरु पाँए । तपाई कसलाई गुरु थाप्न चाहानुहुन्छ, त्यसको आधारमा म तपाईको भविष्य तुरुन्त बताइदिन सक्छु । तपाई जुन व्यक्तिहरुलाई आफ्नो आदर्श मान्नुहुन्छ, तिनको गुणलाई अभ्यास गरेर आफ्नो व्यक्तित्वको अंश बनाउन सक्छुहुन्छ,  वारेनले भनेका छन् । 
    उनले बेन्जामिन ग्राहमलाई जीवनभर गरु माने ।  

    एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट

    साताको लोकप्रीय