शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण

शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण

अर्थ डबली
सोमवार, पुस ११ २०७९
अर्थ डबली
सोमवार, पुस ११ २०७९ (अर्काइभ बाट)
  • शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण

    बुटवल / शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ।

    images
    images

    बैङ्कले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर) वहन गर्दै आफ्नो १४औँ वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको हो।

    वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैङ्कले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह, वन कार्यालय र क्लबहरू समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैङ्कले जनाएको छ।

    जलवायु परिवर्तनका कारण विश्ववयापी रूपमा वातावरणमा प्रतिकूल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवर्द्धनलाई बैङ्कले उच्च प्राथमिकता दिएर बैङ्किङ क्षेत्रमा सम्भवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयाँ उदाहरण पेश गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

    बैङ्कका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैङ्कले बृक्षरोपण गरेको छ।

    news shine resunga.JPG

    बृक्षरोपणमा संघीय राजधानी काठमाडौँसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए ।

    लुम्बिनीलाई केन्द्र बनाउँदै प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैङ्कको पहिचान बनाएको शाइन रेसुङ्गा बैङ्कले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि जितेको थियो ।

    साताको लोकप्रीय