images
images

साउनमा ३९ हजार बढिले लिए नयाँ श्रम स्वीकृति, विप्रेषण आप्रवाह १ खर्ब १६ अर्ब पुग्यो

साउनमा ३९ हजार बढिले लिए नयाँ श्रम स्वीकृति, विप्रेषण आप्रवाह १ खर्ब १६ अर्ब पुग्यो

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • साउनमा ३९ हजार बढिले लिए नयाँ श्रम स्वीकृति, विप्रेषण आप्रवाह १ खर्ब १६ अर्ब पुग्यो

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स भित्रिएको हो । 

    यो गत वर्षको तुलनामा २५.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको साउन मसान्तसम्ममा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ । 

    त्यसैगरी, राष्ट्र बैंकको अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार