images
images

साउनमा आयात १.६ र निर्यात ८.७ प्रतिशतले घट्यो, व्यापार घाटा १ खर्ब १५ अर्ब

साउनमा आयात १.६ र निर्यात ८.७ प्रतिशतले घट्यो, व्यापार घाटा १ खर्ब १५ अर्ब

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • साउनमा आयात १.६ र निर्यात ८.७ प्रतिशतले घट्यो, व्यापार घाटा १ खर्ब १५ अर्ब

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा आयातसंगै निर्यात पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्याङ्क अनुसार आयात १.६ प्रतिशतले र निर्यात ८.७ प्रतिशतले घटेको हो ।  

    images
    images

    तथ्याङ्क अनुसार सो अवधिमा नेपालले कुल १ खर्ब २९ अर्ब २४ करोड बराबरको सामान आयात र १३ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो भने आयातमा १२.९ प्रतिशतले कमी आएको थियो । 

    गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

    यस्तै, वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा धान तथा चामल, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड शिट, विद्युत्तीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ । 

    यता, निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

    आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो । 

    समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार