images
images

साउनमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या ११२ कायम, वाणिज्य बैंक २० वटा हुदाँ अन्य कति ?

साउनमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या ११२ कायम, वाणिज्य बैंक २० वटा हुदाँ अन्य कति ?

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • साउनमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या ११२ कायम, वाणिज्य बैंक २० वटा हुदाँ अन्य कति ?

    काठमाडौँ / साउनमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या ११२ कायम भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउन मसान्तसम्ममा ११२ कायम रहेको जनाएका हो । 

    यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । 

    बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८० साउन
    मसान्तमा ११ हजार ५७४ कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा १२ वटा वाणिज्य बैंकहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भई ६ वाणिज्य बैंक बनेका छन् भने १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार