images
images

कर्जाको औषत ब्याजदर ४.७२ प्रतिशतले घट्यो, अन्तर बैंक ब्याजदर कति ?

कर्जाको औषत ब्याजदर ४.७२ प्रतिशतले घट्यो, अन्तर बैंक ब्याजदर कति ?

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • कर्जाको औषत ब्याजदर ४.७२ प्रतिशतले घट्यो, अन्तर बैंक ब्याजदर कति ?

    काठमाडौँ / वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको औषत ब्याजदर ४.७२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को साउनमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ५.९२ प्रतिशत रहेको हो । 

    images
    images

    गत आर्थिक बर्ष २०७९/८० को सोहि अवधीमा यस्तो ब्याजदर १०.६४ प्रतिशत रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर गत बर्षको साउनमा ८.०५ प्रतिशत रहेकोमा चालु आर्थिक बर्षको साउनमा ५.८७ प्रतिशत रहेको छ ।

    यता, साउनमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.११ प्रतिशत, विकास बैंकहरुको ११.८७ प्रतिशत र वित्त कम्पनीहरुको १३.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.७२ प्रतिशत रहेको थियो । 

    त्यसैगरी साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.० प्रतिशत, विकास बैंकहरुको ९.२८ प्रतिशत र वित्त कम्पनीहरुको १०.१३ प्रतिशत रहेको छ । गत बर्षको साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.६४ प्रतिशत कायम भएको थियो । 

    त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० साउनमा वाणिज्य बैंकहरुको १२.२४ प्रतिशत, विकास बैंकहरुको १३.८८ प्रतिशत र वित्त कम्पनीहरुको १४.६६ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको साउनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.९४ प्रतिशत कायम भएको थियो । 

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार